देशैभरीको मौसम आज कस्तो रहँला...
काठमाडौं । हाल नेपालमा स्थानीय वायु-पश्चिमी वायु र बीहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
बुधबार बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम आंशिकदेखि मुख्यतया सफा रहेको छ। कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्यांगसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
बुधबार दिउँसो भने कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी प्रदेशका पहाडी, बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै, देशको उच्च पहाडी/ हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको समेत सम्भावना रहेको हो।
बुधबार राति भने कोशी र मधेश प्रदेशसहित देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, मधेश, कर्णाली, सुदूरपश्चिम प्रदेश र बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हावाहुरी हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।