गलतको ठाउँमा सही जनप्रतिनिधि चुन्ने विकल्प नै गणतन्त्र हो: अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गलतको ठाउँमा सही जनप्रतिनिधि चुन्ने विकल्प नै गणतन्त्र भएको बताउनुभएको छ ।
१७औं गणतन्त्र दिवसका अवसरमा मंगलबार बिहान एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष ओलीले एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफलेैं चुनेका जनप्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिनका रूपमा रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभयो,–‘आफूले चुनेका जनप्रतिनिधिले गल्ती गरेको खण्डमा उनीहरूलाई चुनावबाट फेर्न यहि व्यवस्थामा मात्र पाइन्छ । कहिलेकाहींं हामी गलतलाई चुन्न सक्छौं । तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन ।’
नेपाली जनताले अधिकार पाएको बताउदै अध्यक्ष ओलीले कर्तव्य पनि भुल्न नहुने बताउनुभयो ।