बागमतीसहित ४ प्रदेशमा आज मेघगर्जन/चट्यांग र भारी वर्षाको सम्भावना
काठमाडौं । नेपालमा स्थानीय वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
शनिबार बिहान बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहेको हो । त्यस्तै, बाँकी भू-भागमा भने मौसम मुख्यतया सफा रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांगसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शनिबार दिउँसो भने कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको हो ।
कोशी, बागमती, गण्डकी प्रदेश र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
शनिबार राति भने गण्डकी र कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने भएको हो । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा हुने भएको छ।
गण्डकी, कर्णाली प्रदेश र बाँकी पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्यांग-हावाहुरीसहित हल्का वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको हो।