३० औं पटक सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाएका कीर्तिमानी आरोही कामीरिता शेर्पालाई काठमाडौंमा भव्य स्वागत
काठमाडौं । ३० औं पटक सगरमाथाको सफल आरोहण गरेर रेकर्ड बनाएका कीर्तिमानी हिमाल आरोही कामीरिता शेर्पालाई शुक्रबार काठमाडौंमा भव्य स्वागत गरिएको छ ।
शुक्रबार काठमाडौं फर्किएका शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिलनमा भव्य स्वागत गरिएको हो । शेर्पालाई बौद्ध संस्कृति अनुसार स्वागत गरिएको छ । सोही क्रममा शेर्पाले आगामी वर्ष पनि सगरमाथा आरोहणलाई निरन्तरता दिने बताउनुभएको हो ।
शेर्पाले सबै भन्दा धेरै पटक सगरमाथा चढेको आफ्नै रेकर्डलाई तोडेर ३० औं पटक सगरमाथाको सफल आरोहण गरी ऐतिहासिक रेकर्ड बनाउनुभएको छ ।