ओमानविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोज्यो
आईसीसी टी-२० विश्वकप एसिया छनोट अन्तर्गत ओमान विरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
कप्तान रोहित पौडेलले टस जितेर पहिले बलिङ रोज्दै ओमानलाई ब्याटिङको निम्तो दिएका छन् ।
नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन ।
नेपाल र ओमान यसअघि लगातार दुई खेल जित्दै सेमिफाइनल पुगिसकेकाले आजको खेलले समूह विजेता र समूह उपविजेताको टुङ्गो लाग्ने छ ।