नेपालले सिंगापुरको लियो दुई ओभरमा तीन विकेट
आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र सिंगापुरबीच खेल भइरहेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले चार विकेट गुमाइसकेको छ। नेपालका लागि गुल्सन झाले ८ ओभरमा २ विकेट लिएका छन्। उनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। चार बलपछि उनले अमार्त्य कौललाई शून्यमा आउट गरे।त्यतिबेला सिंगापुरले ७.५ ओभरमा ४ विकेटको क्षतिमा ५३ रन जोडेको स्थिति थियो।
नेपालका लागि दोस्रो विकेट सन्दीप लामिछानेले लिए। सन्दीपले छैटौं ओभरको पाँचौ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका छन्।
यसअघि सिंगापुरले पहिलो ओभरमै विकेट गुमाएको थियो।
सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले दोस्रो बलमै बोल्ड गरे।