सरकार र विद्यालय सञ्चालकबीच सहमति, विद्यालय बन्दसहितका आन्दोलनका कार्यक्रम स्थगित
सरकार र आन्दोलनरत निजी विद्यालय सञ्चालकहरुबीच सहमति भएको छ । निजी विद्यालय सञ्चालकहरुले विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्टि जनाउँदै आएकामा सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएसँगै आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन् ।