कक्षा १० को नतिजा प्रकाशनका विषयमा परीक्षा बोर्ड बैठक बस्दै
राष्ट्रिय परीक्षाबोर्डकक्षा १० को नतिजाप्रकाशनकाविषयमा निणर्य गर्नको लागिबैठक बस्ने भएको छ।
आजदिउँसो२०७९ सालको एसईई परीक्षाको नतिजाप्रकाशन गर्ने विषयमा निणर्य गर्न बोर्डको बैठक बोलाइएको हो । बैठकपश्चात सम्भवतःआज नै नतिजा सार्वजनिक गरिने छ ।
बोर्डले २०७८ सालमा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । उक्तनिर्देशिका जारी भएको केही महिनापछि पहिलो पटक संशोधनगर्दै सैद्धान्तिकतर्फ ३५ भन्दाकमअङ्कल्याउने विद्यार्थीको नतिजा नन ग्रेडेड (एनजी) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था गरेको थियो ।
तर, बोर्डले अघिल्लो वर्ष र यो वर्ष पुरानै ग्रेडिङ विधिमार्फत नतिजाप्रकाशन गर्न लागेको हो ।
गत चैत १७गतेदेखि २९ गतेसम्म सञ्चालनभएको परीक्षामा देशभरबाट चार ८५ लाख ३९६ विद्यार्थी सहभागीभएकाथिए ।