विद्यार्थी बाहिरिने प्रवृतिप्रति विश्वविद्यालयहरु गम्भीर बन्नुपर्छ : प्रधानमन्त्री दाहाल
प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डले उच्चशिक्षाकालागिवर्षेनीलाखौँ विद्यार्थी बाहिरिने प्रवृति रोक्न विश्वविद्यालयहरुले आफ्नो औचित्य पुष्टि गर्न गम्भीर भएर समीक्षागर्न जरुरी भएको बताएका छन् ।
बिहीबार दिउँसो पोखरा विश्वविद्यालयको २३ औं सिनेट बैठकलाई सम्बोधनगर्दै उनले विद्यार्थीको अस्वाभाविक विदेश आकर्षणलाई नेपालकाविश्वविद्यालयहरूले गम्भीर समीक्षागर्न जरुरी रहेको बताए ।
‘पछिल्लो समय नेपालीविद्यार्थीहरूमाविदेशमाअध्यययनगर्न जाने अस्वाभाविक आकर्षण बढेको छ । यस विषयलाई नेपालकाविश्वविद्यालयहरूले गम्भीर समीक्षागर्न जरुरी छ ।’
देशको आवश्यकता र विद्यार्थीहरूको मागअनुसार समय सान्दर्भिक पाठ्यक्रमहरू निर्माण र कार्यान्वयनमाजोड दिनुपर्ने बताएकाउनले विश्वविद्यालयहरूले एकेडेमिकक्यालेन्डर बनाएर दृढतापूर्वक लागू गर्नुपर्नेमाजोड दिएका छन् ।
‘अध्ययनकालागिविद्यार्थी विदेशिने परिस्थिति रोक्न विश्वविद्यालयहरूले एकेडेमिकक्यालेन्डर बनाई विद्यार्थी भर्ना,पठनपाठन र परीक्षा सञ्चालन समयमै हुने एवं तोकिएको शैक्षिकअवधिमाविद्यार्थीहरूको अध्ययन पूरा हुने व्यवस्थागरिनुपर्दछ।’
त्यस्तै, दाहालले संघीय शिक्षा ऐन छिटो पारित गर्न सरकारले उच्चप्राथमिकताका साथकामगरिरहेको जिकिर गरेका छन् ।