विश्वविद्यालय क्यालेन्डरलाई व्यवस्थित गर्ने शिक्षामन्त्री राईको प्रतिवद्धता
शिक्षा विज्ञान तथाप्रविधिमन्त्रीअशोककुमार राईले, विश्वविद्यालयक्योन्डरलाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् ।
विहीबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयगत छलफलपछि सांसद उठाएका प्रश्नको जवाफदिने क्रममाउनले अस्तव्यत विश्वविद्यालयशिक्षालाई व्यवस्थित गर्ने शैक्षिकक्यालेन्डर निर्माण गरिने बताए ।
‘विश्वविद्यालयको पठन पाठन परीक्षा संचालन र नतिजाप्रकाशनलाई समयवद्ध रुपमा संचालन गर्न सबै विश्वविद्यालयमा शैक्षिकक्यालेन्डर बनाई कार्यान्वयनमाल्याइने र विश्वविद्यालयअनुदानआयोगबाट सो को अनुगमनहुने व्यवस्थामिलाइने छ । ’ उनले भने ।
शिक्षामाअनलाईन तथाभर्चुअलसिकाई योजनाअन्र्तगत पाठ्यक्रममाआधारित भर्चुअल सामग्रीउत्पादनथालिएको उनको भनाई छ।
त्यस्तै शिक्षालाई सीपमूलकबनाउने प्रयास थालिएको उनको भनाई छ। उनले भने ‘शिक्षामायुवालाई छोटो अवधिको रोजगारमूलकतालीमदिने कार्यक्रम सञ्चालनकालागि बजेटको व्यवस्था गरिएको छ । सरकारले बालविकास शिक्षकप्रत्येक सामुदायीकविद्यालयका १—१ जनाविद्यालय सहयोगिकर्मचारी र प्रत्येक माध्यमिकविद्यालयमाथप १ जना सहायककर्मचारी गरी ३६ हजार कर्मचारी व्यवस्था गर्न एकमुष्ट अनुदानउपलब्ध गराएको छ । ’
शिक्षककर्मचारीको समस्या समाधानकालागिवार्ता टोली गठन गरी काम अघि बढाइएको उनको भनाई छ ।
हाल सामुदायीकविद्यालयमा५३ हजार शिक्षक दरबन्धीथप गर्नु पर्ने अवस्थाभएको उनको भनाई छ ।