एसीसी इमर्जिङ टिम्स एसिया कपमा कुशलको उत्कृष्ट बलिङ, एक्लैले लिए ६ विकेट
श्रीलंका जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा यूएई ए विरुद्ध कुशल भुर्तेल एक्लैले ६ विकेट लिएका छन् ।
खेलका पूरै १० ओभर बलिङ गरेका उनले ४० रन दिएर ६ विकेट लिए ।
कुशलसहितका बलरले दबाबमा राखेपछि कोलोम्बोमा टस जितेर पहिला ब्याटिङ गरेको यूएई ए ले ४० ओभरको खेल सकिँदा ८ विकेट गुमाएर १४९ रन बनाएको छ ।