अख्तियारको प्रमुख आयुक्त लोकसेवाबाट नियुक्ति गर्न सांसद शाहीको माग
काठमााडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई सबल बनाउनलोकसेवाआयोगबाट प्रमुखआयुक्तनियुक्तिगर्न माग गरेका छन् ।
राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामाआएको ‘अख्तियार दुरुपयोग अनुसन्धानआयोग (तेस्रो संशोधन) विधेयक’माथिको सैद्धान्तिक छलफलमा भागलिँदै सांसद शाहीले अख्तियारलाई संवैधानिकआयोग भनिएतापनि पार्टीको कार्यकर्तालाई प्रमुखआयुक्तनियुक्तिगर्ने प्रवृत्ति रहेको बताए ।
उनले भने‘ संवैधानिकआयोग भनिएको छ । तर पार्टीको कार्यकर्तालाई खोजीखोजीप्रमुखआयुक्तनियुक्त गरेका छन् यसलाई लोकसेवाबाट नियुक्ति गरौं । अनिअख्तियार अनुसन्धानआयोगकाकर्मचारीले जतिपनि भ्रष्टाचार गर्ने भएको छ ।अख्तियार अनुसन्धानआयोगलाई साच्चीकै सबल बनाउने हो भने लोकसेवाआयोगबाट नियुक्तिगर्न माग गर्छु ।’
उनले अख्तियार दुरुपयोग अनुसन्धानआयोगलाई नेताहरुले खेलाउने थलो बनाएको आरोप समेत लगाए ।