मधेश प्रदेशसरकार बारा २ को उपनिर्वाचनमा केन्द्रित भएको सांसद झाको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सांसद मनिष झाले मधेश प्रदेशको पूर्ण सरकार बारा २ कोउपनिर्वाचनमा केन्द्रित भएको आरोप लगाएका छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा उनले प्रदेश सभामा जाँदा कोही पनि नभेटिएको र सबै काम छाडेर उपनिर्वाचनमा केन्द्रित हुनु निर्वाचन आचारसंहिताले पनि नमिल्ने बताए ।
‘अहिले हुँदै गरेको उपनिर्वाचनमा मधेश प्रदेशको पूर्ण सरकार बारा निर्वाचन क्षेत्र नम्बर २ मा केन्द्रित भएको देखिन्छ । प्रदेशसभामा जाँदै गर्दा मुख्यमन्त्रीदेखि कोही भेटिदैनन्। निर्वाचन आचारसंहित २०७९ र निर्वाचन ओयोग ऐन २०८० को दफा ५० अनुसार यस्तो गर्न पाइँदैन। तर, किन हुँदैछ? ’
यदी निर्वाचन लोकतन्त्रको आधारभूत सिद्धान्त हो भने लोकतन्त्रको आधार सिद्धान्त कानूनी शासन पनि हो भन्दै सांसद झाले यो विषयमा निर्वाचन आयोगले पनि ध्यान दिनुपर्ने आग्रह गरे ।