एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएर पनि चार हजार बढीले पढ्न पाउने सम्भावना भने न्युन
चिकित्सा शिक्षा आयोगले एमबीबीएस शैक्षिक कार्यक्रमको नतिजा प्रकाशन गरेको छ ।
आयोगले फागुन २४ गते लिएको एकीकृत प्रवेश (एमईसीईई-बीएल २०२३) अन्तर्गतको एमबीबीएस शैक्षिक कार्यक्रममा आयोगले छुट्याएको सिट संख्या भन्दा चार हजार ७७४ जना बढी विद्यार्थी उतीर्ण भएका हुन् ।
आयोगको नतिजा अनुसार एमबीबीएस एकीकृत प्रवेश परीक्षामा ६ हजार ६६९ जना एमबीबीएसको प्रवेश परीक्षामा उत्तीर्ण भएका छन् ।
उत्तीर्ण भएका उनीहरू एमबीबीएस अध्ययन गर्न योग्य मानिन्छ । तर, आयोगले विभिन्न शिक्षण संस्थाको लागि एक हजार ८९५ सिट छुट्याएको छ । त्यसैले उत्तीर्ण भए पनि बाँकी चार हजार ७७४ जना विद्यार्थीले पढ्न पाउने सम्भावना कमै छ ।