महासंघद्वारा पत्रकार भुजेलको निधनप्रति शोक व्यक्त
नेपाल पत्रकार महासंघ दोलखा शाखाका सदस्य शेरबहादुर भुजेलको निधनप्रति नेपाल पत्रकार महासंघले दुःख व्यक्त गरेको छ । पत्रकार भुजेलको ३८ वर्षको उमेरमा गएराति दोलखाको पवटीस्थित निवासमा निधन भएको हो । भुजेल महासंघ दोलखा शाखाका पूर्वकोषाध्यक्ष थिए ।