एमालेलाई राष्ट्रपतिमा सहयोग गर्न नसकिने एकीकृत समाजवादीको जवाफ
नेकपा एकीकृत समाजवादीले आफूहरु कांग्रेस उम्मेदवारको प्रस्तावक र समर्थक भएका कारण राष्ट्रपति निर्वाचनमा सहयोग गर्न नसक्ने जवाफ नेकपा एमाले नेताहरुलाई दिएको छ ।
बिहीबार एकीकृत समाजवादीको कार्यालयमा अध्यक्ष नेपालसँग भेट्न आएका एमाले नेताहरुले राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई मतदान गर्न सहयोग मागेका थिए ।