प्रभु साह पनि माओवादी धारमा समेटिए
माओवादी धारमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह समेत समेटिएका छन् । माओवादी धारका आठ दलमा साह समेत समेटिएका हुन् । माओवादीबाट एमाले प्रवेश गरेका साहले पछिल्लो समय आफ्नै नेतृत्वमा पार्टी गठन गरेका छन् । आफ्नै नेतृत्वमा पार्टी खोलेपछि साहलाई समेत बैठकमा बोलाएको छ ।
‘माओवादी धारको बैठकमा मलाई बोलाउनुभएको थियो । उपत्यका बाहिर भएकाले बैठकमा सहभागी हुन सकेको छैन । आगामी बैठकमा सहभागी भएर प्रतिनिधित्व गर्नेछु ।’ तत्कालीन माओवादी जनयुद्धकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने साहले बताए । माओवादीबाट एमाले प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ समूहलाई भने बोलाएको छैन । माओवादी छाडेर एमाले प्रवेशगरी सकेकाले बैठकमा बोलाएको छैन । पार्टी गठन गरेकालाई मात्रै बैठकमा बोलाएको माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।