नेपालमा फागुन २९ गतेसम्म भण्डारी र पौडेल दुई राष्ट्रपति
बिहिबार राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेलले निर्वाचन आयोगबाट राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र पाइसकेका छन् । उनलाई राष्ट्रपतिको रुपमा नेपाली सेनाले सुरक्षा प्रदान गरिसकेको छ । निर्वाचित भएको भोलिपल्ट पौडेलले सुन्दरीजलस्थित विपि संग्राहालय पुगेर त्यहाँ रहेका कांग्रेस नेताहरुको सालिकमा माल्यार्पन गरेका छन् भने त्यहाँ राखिएको पुस्तिकामा राष्ट्रपतिको तर्फबाट सन्देश लेखेर हस्ताक्षर गरेका छन् । राष्ट्रपतिमा निर्वाचित भएपनि पौडेल आफ्नै निजी निवासमा बसिरहेका छन् ।