नेपालले भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा
नेपालले भारतलाई हराउँदै साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा मंगलबार नेपालले भारतमाथि ३-१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो।
जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ। अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ। आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ।