चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ९ मा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैँडाको आक्रमणबाट ६० वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको हो ।
बिहान ६ बजेको समयमा तामाङ रत्ननगर–९ लालपर्सा नजिक मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए ।