नेपाल टी–२० लिग को उपाधिका लागि लुम्बिनीले टस जितेर ब्याटिङ गर्दै
नेपाल टी–२० लिगको फाइनल खेलमा लुम्बिनी अल स्टार्सले टस जितेर ब्याटिङ गर्ने भएको छ । लुम्बिनीका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले विराटनगर सुपर किंग्सविरुद्ध टस जितेर ब्याटिङकाे निर्णय गरेका हुन् ।
दुवै टिम चार–चार जना विदेशी खेलाडीको साथमा मैदान उत्रिँदैछन् । दुवै टिमले निर्णायक खेलमा जनकपुर रोयल्सलाई हराएर फाइनल यात्रा तय गरेका हुन् ।
आइतबार भएको पहिलो क्वालिफायरमा लुम्बिनीले जनकपुरलाई हराएको थियो भने मंगलबार भएको दोस्रो क्वालिफायरमा विराटनगरले पनि जनकपुरलाई नै पराजित गरेको हो ।