काठमाडौंमा बिहानैदेखि हुस्सु र कुहिरो
काठमाडौंमा आज बिहानैबाट बादल र कुहिरो लागेको छ। सधै बिहानै पारिलो घाम लाग्ने काठमाडौं उपत्यकामा आज हुस्सुले गर्दा केही अँध्यारो देखिएको छ ।
मौसमविद्का अनुसनर काठमाडौंमा बिहानैदेखि लागेको बादल र कुहिरो दिउँसो खुल्नेछ। कुहिरो र बादल लागे पनि वर्षाको कुनै सम्भावना नरहेको बताए।
कुहिरो लागेर भिजिविलिटी कम भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सहरूको उडान तथा अवतरण प्रभावित भएको छ।
त्रिभुवन अन्तरार्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार न्यून भिजिविलिटीमा उडान तथा अवरण रोकिएका छन्।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार खराब मौसमका कारण आन्तरिकतर्फको उडान पनि ठप्प भने अन्तर्राष्ट्रिय उडान पनि प्रभावित भएको छ। मौसम खुलेपछि मात्रै उडान अवतरण सुरू हुने उनले जानकारी दिए।