बंगलादेशविरुद्ध नेपालका अञ्जनले गरे दोस्रो गोल
मैत्रिपूर्ण फुटबलमा नेपालले बंगलादेशविरुद्ध अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चलिरहेको खेलमा नेपालले दोस्रो गोल गरेको हो ।
दुबै गोल अञ्जन विष्टले गरे । खेलको १८औं मिनेटमा बिमल घर्ती मगरको फ्रिकिकमा अञ्जनले हेडमार्फत गोल गरेका थिए । त्यसको ठीक अघि बगंलादेशका कप्तान जमल भुयानको प्रहार बारमा लागेर फर्किएको थियो ।
२७औं मिनेटमा उनले नै दोस्रो गोल गरे । तेज तामाङको प्रहार बंगलादेशी गोलकिपरले बचाएका थिए । तर रिबाउन्ड बलमा अञ्जनले गाले गरे ।