एस ई ई उत्र्तीण विद्यार्थीहरुलाई बधाई तथा विदाई कार्यक्रम सम्पम्न
समितिका अध्यक्ष श्री ओम शंकर श्रेष्ठ ज्युको सभापतिमा २०७६, २०७७ र २०७८ सालका एस ई ई उत्र्तीण विधार्थी भाईबहिनीहरुलाई साउन २२ गते, बधाई तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्रमुख अतिथिका रुपमा वडा न. १५ का अध्यक्ष श्री इश्वरमान डङोल, विशेष अतिथिहरु स्कुलका संचालक तथा सि इ ओ श्री श्याम श्रेष्ठ, स्कुलका प्रधानाध्यापक श्री नारायण गोपाल श्रेष्ठ, वडा सदस्य तथा कामपा कार्यपालिका सदस्य श्री मैया लक्ष्मी महर्जन र बाग्मती प्रदेशका सहयोग प्रभावकारी योग गुरु मोहन मान श्रेष्ठको विशेष अतिथिमा सो कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।(तस्बिरहरु)

