विश्वकै ‘मूल्यवान फुटबलर’ एम्बाप्पे
पेरिस सेन्ट जर्मेइन (पीएसजी)का फ्रान्सेली सुपरस्टार केलियन एम्बाप्पे विश्वकै मूल्यवान फुटबल खेलाडी भएको एउटा अनुसन्धान संस्थाले दावी गरेको छ ।सीआईईएस फुटबल अब्जरभेटरीले गरेको अनुसन्धानअनुसार २३ वर्षीय एम्बाप्पे शीर्ष स्थानमा रहँदा भिनिसियस जुनियर र अर्लिङ हलाण्ड क्रमसः दोस्रो र तेस्रो स्थानमा छन् ।
हालै रियल मड्रिडको प्रस्ताव अस्वीकार गरी पीएसजीमै रहने निर्णय गरेका एम्बाप्पेको अनुमानित ट्रान्सफर मूल्य २०५.६ मिलियन युरो (१७५.७ मिलियन पाउण्ड) छ ।च्याम्पियन्स लिग फाइनलमा लिभरपुलविरुद्ध गोल गर्ने रियल मड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियसको ट्रान्सफर मूल्य १५८.३ मिलियन पाउण्ड छ । हालै म्यानचेस्टर सिटीमा अनुबन्ध भएका हलाण्डको मूल्य १३०.४ मिलियन पाउण्ड छ ।