हुम्लाका मतदाता भन्छन्- आफ्नोमात्र पेट भर्ने नेता चाहिंदैन
स्थानीय तहको निर्वाचनको मतदान गर्न केही दिन बाँकी छ । नेता तथा कार्यकर्ता जनताका घरदैलो पुगेर विभिन्न आश्वासन दिदै हिंडिरहेका छन् ।
यता मतदाता भने आफ्नोमात्र पेट भर्ने र आफ्नोमात्र पोल्टो भर्ने नेता आफूहरुलाई नचाहिएको बताउन थालेका छन् ।
गरिब, दलित, एकल महिला, वृद्धवृद्धाहरुका समस्या समाधान गर्ने नेता चाहिएको सिमकोट गाउँपालिका-६ की काली रोकायाले बताइन् । ‘भोट माग्न आउँदा विभिन्न किसिमका आश्वासन दिएर जान्छन् चुनाव जितेर गएपछि नमस्कार गर्दा समेत फिर्ता गर्दैनन्,’ रोकायाले भनिन्, ‘अब त हामी नेताका समस्या बुझ्ने नेता चाहिएको छ । आफ्नो पेट भर्ने र आफ्नो गादो भर्ने नेता चाहिँदैन ।’
सिमकोट-६ की नउसरा रावतले भोट माग्न आउने नेता तथा कार्यकर्तादेखि वाक्क भइसकेको बताइन् । ‘दिनदिनै घर लिपपोत गर्दै ठिक्क छ, एक समूह जान्छ, अर्को समूह आइहाल्छ । आमा-बुवा भोट दिनुहोला भन्छ, घरको भुइँले समेत सुख पाएको छैन,’ रावतले भनिन्