चार खेल अगावै रियल मड्रिड ला लिगा च्याम्पियन
रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो ।
रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ ।
दोस्रो स्थानमा रहेको सेभियाको समान खेलबाट ६४ र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ । दुवैले अब बाँकी खेल जिते पनि रियललाई भेट्ने छैनन् ।
रियलको सहज जितमा रोड्रिगोले ३३औं र ४३औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सियोले ५५औं र करिम बेन्जेमाले ८१औं गोल गरे ।