महिला भलिबलमा न्यू डायमण्डको दशककै खराब नतिजा
एनभीए क्लब लिग भलिबल प्रतियोगिताको साविक विजेता न्यू डायमण्ड स्पोर्टस क्लब यस संस्करणमा जितविहीन हुँदै बाहिरिएको छ ।
काठमाडौंमा जारी लिगको अन्तिम खेलमा शुक्रबार न्यू डायमण्डले एपीएफसँग ३-० को सोझो सेटमा पराजय ब्यहोरेको हो ।
गत असोजमा आयोजित एनभीए लिग च्याम्पियनसिपको उपाधि जितेको न्यू डायमण्ड सोही आधारमा लिगका लागि छनोट भएको थियो । च्याम्पियनसिपका शीर्ष पाँच टोलीबीच राउण्ड रोविन लिग प्रणालीमा प्रतिस्पर्धा गराइएको थियो ।
न्यू डायमण्डले पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग ३-२ को सेटमा पराजय ब्यहोरेको थियो । त्यसयता तीन खेलमा तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, नेपाल पुलिस र एपीएफसँग सोझो सेटमा पराजित भएको हो ।