विद्युतको पहुँच ९४ प्रतिशत जनसंख्यामा
२०७८ फागुनसम्म ९४ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको छ । २०७८ असारसम्म ९३ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगेको थियो ।
२०७८ फागुनसम्म कुल जडित विद्युत क्षमता २०७८ असारको तुलनामा ३०.९ प्रतिशतले वृद्धि भई २ हजार २ सय ५ मेगावाट पुगेको आर्थिक सर्वेक्षण २०७८/७९मा उल्लेख छ । २०७८ असारसम्म कुल जडित विद्युत क्षमता १ हजार ६ सय ८५ मेगावट रहेको थियो ।२०७८ फागुनसम्म विद्युत् उपयोग गर्ने ग्राहकको संख्या ५२ लाख२८ हजार (सामुदायिक संस्था बाहेक) पुगेको छ । सामुदायिक संस्था अन्तर्गत विद्युत् उपयोग गर्ने ग्राहकको संख्या करिव ५ लाख ८० हजार रहेको छ ।