जिम्बाबे ‘ए’विरुद्ध नेपाल टस जितेर फिल्डिङ गर्दै, ३३ ओभरको खेल हुने
जिम्बाबे ‘ए’विरुद्धको शृंखलाअन्तर्गत तेस्रो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने भएको छ ।
त्रिवि मैदानमा पानी जमेपछि ढिला गरी टस भएको खेल ३३ ओभरमा झारिएको छ । खेल साढे १२ बजेदेखि सुरु हुँदैछ ।
आजको खेलमा नेपाली टिममा दुई परिवर्तन गरिएको छ ।
यसअघि शनिबार भएको दोस्रो खेलमा नेपालले जिम्बावे ‘ए’लाई ९ विकेटले पराजित गरेको थियोे । त्यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो । आजको नतिजाबाट शृंखला विजेताको टुंगो लाग्नेछ ।