इन्टर मिलानले कोपा इटालियाको उपाधि जित्यो
युभेन्ट्सलाई हराउँदै इन्टर मिलान कोपा इटालियाको उपाधि जितेको छ।रोमामा बुधबार राति भएको खेलमा सिरि ए प्रतिद्वन्द्वी युभेन्ट्सलाई अतिरिक्त समयमा ४–२ ले हराउँदै इन्टर च्याम्पियन बनेको हो।
इन्टरलाई जिताउन इभान पेरिसिसले दुई तथा निकोलो बरेल्ला र हकान चलहानोग्लुको समान एक-एक गोल गरे। युभेन्ट्सका एलेक्स सान्द्रो र डुसान भ्लाहोभिचले समान एक-एक गोल गरेका थिए।
निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा इभान पेरिसिस दुई गोल गर्दै इन्टरलाई च्याम्पियन बनाएका हुन्।