चेल्सीलाई हराउँदै लिभरपुलले एफए कपको उपाधि जित्यो
चेल्सीलाई हराउँदै लिभरपुलले एफए कप फुटबलको उपाधि जितेको छ ।शनिबार राति भएको फाइनलमा चेल्सीलाई सडन डेथमा ६-५ गोल अन्तरले हराउँदै लिभरपुल च्याम्पियन बनेको हो।
वेम्बली स्टेडियम लन्डनमा भएको खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।
पेनाल्टीमा लिभरपुलका जेम्स मिल्नर, थियागो अल्कान्तरा, रोबर्टो फिर्मिन्हो, ट्रेन्ट एलेक्सजेन्डर आर्नोल्ड, डिएगो जोटा र कोन्स्टानसिनोस सिमिकसले गोल गर्दा साडियो माने चुकेका थिए।