लिभरपुल बराबरीमा रोकिँदा सिटीलाई फाइदा
प्रिमियर लिगमा लिभरपुलले शनिवार राति टोटनहम हट्सपरसँग १-१ को बराबरी खेल्यो । यस बराबरीले लिभरपुलले अंक बाँड्नु पर्यो भने उपाधि होडमा पनि धक्का लाग्यो ।
टोटनहम विरुद्ध एक अंक जोड्दा पनि लिभरपुलले सिटीलाई गोल अन्तरमा पछि पारेर शीर्ष स्थानमा उक्लिएको त छ तर सिटीले आइतबार शीर्ष स्थान कब्जा गर्ने अवसर छ । सिटीले आइतबार राति घरेलु मैदानमा न्युकासलसँग खेल्नेछ
लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । एक खेल कम खेलेको सिटीको पनि उति नै अंक छ ।
लिभरपुलको मैदान एनफिल्डमा भएको खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो । त्यसमा पनि हेउन मिन सनले ५६औं मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । तर लुइस डियाजले ७४औं मिनेटमा डियाजले बराबरी गोल गरेपछि लिभरपुल एक अंक जोड्न सफल भयो ।