नेपाली औषधि उत्पादन वृद्धि गरिने क्षमतामा
सरकारले नेपाली औषधिको उत्पादनमा क्षमतामा वृद्धि गर्ने घोषणा गरेको छ ।
आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरि औषधिको आपूर्तिमा सुधार गरिने बताइन् ।हालसम्म नेपाली औषधि बजारको हिस्सा ४५ देखि ५० प्रतिशत सम्म रहेको छ । राष्ट्रपति भण्डारीले भनिन्,‘आधारभुत र जीवन रक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्री उत्पादनलाई थप प्रोत्साहन गरिने छ । नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गसरि औषधिको आपूर्तिमा सुधार गरिने छ ।’