नेपाल टस जितेर ब्याटिङ गर्दै, हिरनान्माये रोयको डेब्यु युगाण्डाविरुद्ध
युगान्डा महिला क्रिकेट टिम र नेपाली महिला क्रिकेट टिम बिचको महिला टी-२० अन्तर्राष्ट्रिय श्रृंखलाको चौथो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्ने भएको छ ।
रातभरको वर्षाका कारण मैदानमा पानी जमेपछि खेल पौने घण्टा ढिला गरी पाैने २ बजेदेखि सुरु हुँदैछ । खेल १८ ओभरको हुनेछ ।किर्तिपुरस्थित त्रिवी मैदानमा हुने पाँच खेलको महिला टी २० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेल प्रतियोगितामा नेपालका तर्फबाट आजको टिममा परिवर्तन गरिएको छ ।
नेपालका तर्फबाट हिरनान्माये रोयले डेब्यु गरेकी छन्। यससँगै नेपाली महिला क्रिकेटमा डेब्यु गर्ने उनी २४औं खेलाडी हुन्। सबनम राई, संगीता राई र रोमा थापाको स्थानमा अप्सरी बेगम, अस्मिना कर्मचार्य र हिरनान्माये रोयले आज खेल्दैछन् ।अघिल्ला तीन खेलमा पराजित रहेको नेपालले युगाण्डासँगको शृंखला गुमाइसकेको छ ।