२०१९ यता पहिलोपल्ट बैंग्लोरसँग हारेपछि चेन्नाईको प्लेअफ सम्भावना कठिन
चार पटकको च्याम्पियन तथा साविक विजेता चेन्नाई सुपर किंग्स इन्डियन प्रिमियर लिग (आईपीएल) को १५औं संस्करणमा प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ ।
सन् २०१९ यता बैंग्लोरसँग नहारेको चेन्नाई बिहीबार भएको खेलमा भने बैंग्लोरसँग १३ रनले पराजित भयो । यही सिजनको अघिल्लो खेलमा भने चेन्नाईले बैंग्लोरलाई पराजित गरेको थियो ।
बैंलोर जितपछि शीर्ष चारमा पुग्दा चेन्नाईको प्लेअफ सम्भावना भने लगभग सकिएको छ । यसअघि यी दुई टिम भिड्दा चेन्नाईको पल्ला भारी हुने गर्थ्यो । तर बुधबार भने बैंग्लोर हावी बन्यो ।
११ खेल खेलेको बैंग्लोर छैटौँ जितपछि १२ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । चेन्नाई भने १० खेल खेल्दा छैटौं हार बेहोर्दै ६ अंकमा नवौँ स्थानमा छ ।