शानदार जितसहित म्यानचेष्टर सिटीलाई ३ अंकको अग्रता
म्यानचेष्टर सिटीले प्रिमियर लिगमा आइतबार न्युकासल युनाइटेडलाई ५-० ले हराएर उपाधि होड बलियो बनाएको छ ।
लिगमा अब तीन खेल बाँकी रहँदा सिटीले लिभरपुलमाथि ३ अंकको स्पष्ट अग्रता बनाउँदै शीर्ष स्थानमा उक्लेको छ । घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई जिताउन रहिम स्टर्लिङले दुई गोल गरे । यस्तै एमरिक लापोर्टा, रोड्री र फिल फोडेनले समान एक गोल गरे ।