शानदार पुनरागमन गर्दै रियल मड्रिड फाइनलमा
म्यानचेष्टर सिटीविरुद्ध पुनरागमन जितसहित स्पानिस क्लब रियल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३-१ ले हराउँदै रियल फाइनल पुगेको हो ।
पहिलो लेगमा ४-३ ले पराजित भएको रियलले दोस्रो लेग जित्दै समग्रमा ६-५ खेल आफ्नो पक्षमा पारेको हो ।
सिटीले भने अग्रता जोगाउन सकेन ।