क्यानडाले फेरि दिन थाल्यो नेपाली विद्यार्थीलाई अध्ययन भिसा
नेपालबाट उच्च शिक्षाका लागि क्यानडा जान चाहने विद्यार्थीहरुलाई क्यानडा अध्यागमनले अध्ययन भिसा दिँदा रोलर कोस्टर प्रवृत्ति देखिएको छ । कोरोना महामारी लगत्तै क्यानडाले अन्तर्राष्ट्रिय विद्यार्थीहरु बढाउने नीति लिएसँगै गत वर्षमात्रै नेपालबाट दुई हजार बढी विद्यार्थीहरुले क्यानडा अध्ययन भिसा प्राप्त गरेका गोरेटो कन्सल्टेन्सीका काउन्सेलर धीरज कँडेलले जानकारी दिए ।
क्यानडा अध्ययन भिसा सफल दरको बारेमा हामीले प्रश्न गर्दा पछिल्लो समय क्यानडाले उल्लेख्य रुपमा भिसा दिइरहेको र भिसा आवेदन निर्णय कम्तिमा १० देखि बढीमा ४५ दिनमा आइराखेको काउन्सेलर कँडेलले अपडेट गराए ।
विहानको ठीक ११ः३० बजे सुरु भई दिउँसो ३ः३० मा समापन हुने उक्त प्रोग्राममा क्यानडाका विभिन्न शैक्षिक संस्थाहरुका प्राध्यापकहरुले क्यानडा अध्ययन सम्बन्धी जानकारी दिने भएका छन् । साथै क्यानडा अध्ययन सम्बन्धी लामो समय परामर्श दिदै आएका लोकप्रिय क्यानडा परामर्शकर्ताहरुले पारदर्शी जानकारी दिइने मेलाका समन्वयनकर्ता प्रकाश रेग्मीले बताएका छन् ।
त्यस्तै कोरोना महामारीको समयमा पनि गोरेटो र आईसीसीले धेरै क्यानडा अध्ययन जूम मेला गरेको र कोरोना कहर सामान्य हुँदै गइराखेको अवस्थामा भौतिक रुपमा प्रत्यक्ष क्यानडा शिक्षा मेला हुँदा धेरै विद्यार्थी तथा अभिभावकहरुलाई समग्रमा क्यानाडा अध्ययन सम्बन्धी सबै जानकारी एकै ठाउमा पाउने सुनौलो अवसर रहनसक्ने रेग्मीको भनाइ छ ।