नोबेलका १० विद्यार्थीले माइतीघरमा अनसन सुरु गरे
कलेज स्थानान्तरणको माग गरेका नोबेल मेडिकल कलेजका १० जना एमबीबीएस अध्ययनरत विद्यार्थीले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् ।
अतिरक्त शुल्क लिएको विरोधमा कलेजविरुद्ध आन्दोलन गरेका उनीहरुले आफूहरुलाई नोबेलमा सुरक्षा खतरा रहेको भन्दै अन्य कलेजमा स्थनान्तरण गरिदिन चिकित्सा शिक्षा आयोग लगायतका निकायसँग माग गरेका थिए । तर माग सुनुवाइ नभएपछि रिले अनसनमा बसेको एक विद्यार्थीले बताए ।
नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि अधिकांश विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थीले भने सुरक्षा खतरा रहेको बताएका छन् ।