गोकर्णेश्वर नगरपालिकाको सहयोगमा पहिलो पटक विशेष फोटो/भिडियोग्राफी तालिम शुरु
काठमाडौं १० चैत्र । गोकर्णेश्वर नगरपालिकाको सहयोग र पर्सेप्ट मिडिया को आयोजनामा २० दिने नि: शुल्क फोटोग्राफी, भिडियोग्राफी तालिम शुरु भएको छ ।
राजधानी काठमाडौंको जोरपाटीमा सञ्चालित तालिममा यस क्षेत्रका युवा युवतीहरुको सहभागिता रहेको छ । उत्कृष्ट काम गर्ने नगरपालिका मध्ये गोकर्णेश्वर नगरपालिका पनि एक हो । नगर प्रमुख सन्तोष चालिसे एक विकासवादी नगर प्रमुखका रुपमा चिनिनुहुन्छ । नगरपालिकालाई सम्वृद्ध र नगरपालिका भित्रका नागरिकलाई स्वरोजकार मुलक बनाउनका लागि मेयर सन्तोष चालिसे लागि परेको देखिन्छ । सम्वृद्ध नगरपालिकाका लागि स्वरोजकार , स्वरोजगारका लागि सिप विकास र सिप विकासका लागि युवा युवतीहरु अभिमुखीकरण भन्ने मूल उदेश्यले नगरपालीका क्षेत्रका युवा युवतीहरुका लागि यो तालिम सञ्चालन भएको हो । समाजसेवी लायन वविता लामा राजभण्डारीले तालिमको संयोजन गर्नुभएको छ ।

गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसालको पनि यस तालिमले नगरक्षेत्र भित्रका नागरिकलाई दक्ष र व्यवसायिक फोटोग्राफर, भिडियोग्राफर भई स्वरोजगार मुलक बन्न पनि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभएको छ ।
पहिलो दिनको फोटो/भिडियोग्राफी तालिममा गोकर्णेश्वर नगरपालीका उपमेयर शान्ति नेपाल पनि उपस्थित भई सहभागी प्रशिक्षार्थिहरुलाई हौसला प्रदान गर्नुभएको थियो ।
