शिक्षाको लगानी धानको ब्याड बनाउनु जस्तै हो : शिक्षाविद् कोइराला
शिक्षाको लगानी भनेको धानको बिउ रोप्ने ब्याड बनाउने जस्तै भएको शिक्षाविद् विद्यानाथ कोइरालाले बताएका छन् । मंगलबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले गरेको ‘शिक्षामा राज्यको लगानी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसरी ब्याडको बीउबाट धेरै धान उत्पादन गर्ने लक्ष्य हुन्छ, शिक्षाको लक्ष्यमा पनि उस्तै हुनुपर्ने बताए ।
उनले बाल शिक्षाको महत्वको बारेमा पनि प्रष्ट पार्दै बालमैत्री कक्षाकोठा, शिक्षिकालाई उचित लगायतका विषयमा योजना आयोगले ध्यान नदिएको पनि उल्लेख गरे ।
शिक्षा विभागले सामुदायिक विद्यालयहरुलाई अनुगमन, नियन्त्रण र गुणस्तरीय बनाउने काम गर्न नसकेको बताएका छन् । सामुदायिक विद्यालयहरुलाई मर्ज गर्नुपर्ने अवस्थादेखि लिएर विद्यालयको विषयगत सिकाई ५० प्रतिशत भन्दा तल झरेको छ ।
यस्तो अवस्थामा फेरि नयाँ शैक्षिक धारको भारी विभागले बोक्न नसक्ने बताए ।
शिक्षक महासंघले पनि भोटको राजनिति गरेको कोइरालाले आरोप लगाएका छन् । महासंघले शिक्षकलाई संघीय सरकार अन्तर्गत राख्नुपर्छ भन्नु नै भोटको राजनीति रहेको बताए ।