अफगानिस्तानमा स्कूल खोल्नुपर्ने माग गर्दै महिला–बालिकाको प्रदर्शन
महिलाको लागि स्कूल खोल्नुपर्ने माग गर्दै अफगानिस्तानमा विरोध प्रदर्शन भइरहेको छ ।
काबुलमा भएको यो विरोध प्रदर्शनमा धेरैजसो महिला तथा बालिकाले भाग लिएका थिए । उनीहरुले आफ्नो हातमा पम्प्लेटहरू बोकेका थिए जसमा स्कूल खोल्नुपर्ने माग र ‘शिक्षा हाम्रो अधिकार हो’ भन्ने जस्ता नारा लेखिएका थिए ।
प्रदर्शनकारीको यो समूहले शिक्षा मन्त्रालय बाहिर प्रदर्शन गरे ।
यो प्रदर्शन तालिबानको सशस्त्र बलको अगाडि चलिरहेको थियो तर उनीहरुलाई कुनै हस्तक्षेप भने गरिएको थिएन । तालिबानले पहिला प्रदर्शन रोक्ने गर्दथे र प्रदर्शनमा भाग लिनेहरूलाई हिरासतमा लिइन्थ्यो तर यसपटक प्रदर्शन जारी राख्न दिइयो ।