फ्लोरिडा ओपनमा सञ्जीवलाई दोहोरो स्वर्ण
नेपालका सञ्जीव नेपालीले १४औँ फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन् । फ्लोरिडाको ओङ तेक्वान्दो एकेडेमीको आयोजना भएको च्याम्पियनसिपमा सञ्जीवले ३० देखि ४० वर्ष मुनि उमेर समूहको स्पोर्ट्स र ट्रेडिसनलपुम्सेमा स्वर्ण जितेका हुन् । सञ्जीवले स्पोर्ट्स तर्फ अमेरिकाका क्लेभ कोलाडोलाई हराउँदै स्वर्ण जितेका हुन् ।
सञ्जीवले ६ अङ्क बटुल्दा क्लेभले ४.९३४ अङ्क जोडेका थिए । प्रेम दर्नालले ट्रेडिसनल पुम्सेमा स्वर्ण जित्दा स्पोर्टस् पुम्सेमा भने रजत पदकमै चित्त बुझाए । स्पोर्टस् पुम्सेमा स्विट्जरल्यान्डका डे फ्रेइटा फान्कोईले प्रेमलाई पछि पार्दै स्वर्ण जिते । फ्रान्कोईले ६.५१ अङ्क बटुल्दा प्रेमले ५.८१ अङ्क जोडेका थिए ।