Covid 19 पछि विद्यार्थीको भविष्य अन्योलमा भएकोबारे भूगोलपार्क डट कमले अनलाइन मत सर्वेक्षण गर्दै
हाल विश्वभरि फैलिएको महामारिका कारण विद्यार्थीहरुले बिद्यालयमा उपस्थित भएर अध्यन गर्ने वातावरण पाइरहेका छैनन। S.E.E.को नतिजा प्रणाली र स्नातक तहको परिक्षा प्रणाली हेर्दा बहस को विषय बन्न सक्ने देखिन्छ ।
शिक्षा र विद्यार्थीको भविष्यलाई लिएर नेपालको पहिलो र एकमात्र मत सर्वेक्षण संस्था भूगोलपार्क डट कमले मत सर्वेक्षण सुरु गरेको छ । यस संस्थाले नेपालमा हालसम्म ९१ वटा राष्ट्रिय एजेन्डामा मत सर्वेक्षणहरु सञ्चालन गरिसकेको छ । भूगोल पार्कले अद्धितीय वैज्ञानिक एल्गोरिदम फर्मुलाको माध्यमबाट डेटाको नतिजा गणना गर्दछ ।
मत सर्वेक्षणमा १ शीर्षक र डेमोग्राफिक्समा ५ प्रशनहरु छन् ।
यी प्रश्नहरु महामारिलाई मध्यनजर गर्दै शिक्षण सिकाई प्रभावकारी बनाउन सरकारले कस्तो कदम चाल्नु पर्छ, S.E.E.मा आन्तरिक मुल्यांकनबाट नतिजा प्रकाशन गर्नु राम्रो कुरा हो जस्ता कुराहरु समेटेका छन् ।
मतदान गर्नको लागी :