म्यानचेस्टरको सानदार जीत
म्यानचेस्टर युनाइटेडका स्ट्राइकर मार्कस रासफर्डले बुधबार राति सम्पन्न च्याम्पियन्स लिगको खेलमा ह्याट्रिक गरेका छन्। घरेलु मैदानमा सम्पन्न खेलमा रासफर्डले ह्याट्रिक गर्दा युनाइटेडले आरबी लाइप्जिकविरुद्ध ५–० गोलको जित निकाल्न सफल भएको हो।
उनी खेलको ६३ औं मिनेटमा मेसन ग्रिनवुडलाई विस्थापन गर्दै मैदान पसेका थिए। मैदान पसेको ११ औं मिनेमा पहिलो गोल गरेका उनले ७८ औं मिनेटमा दोस्रो र इन्ज्युरी समयमा तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे। खेल अवधिको १६ मिनेटमा ह्याट्रिक गरेका रासफर्ड सब्स्टिच्युट खेलाडी भएर ह्याट्रिक गर्ने युनाइटेडका दोस्रा खलाडीसमेत हुन्।
प्रिमियर क्लबको सानदार जितका लागि रासफर्डसँगै मेसन माउन्ट र एन्थोनी मार्सलले समान १–१ गोल गरे। यससँगै म्यान्चेस्टर युनाइडेडका बोस ओले गनर सोल्जरले यूईएफए प्रतियोगितामा ५०औं जित निकालेका छन्। जितसँगै युनाइटेड समूह एचको शीर्षस्थानमा छ भने लाइप्जिक दोस्रो स्थानमा छ।