लिभरपुलको एस्टन भिल्लामाथि कठिन जित
(काठमाडौं) लिग लिडर लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा जित हात पारेको छ ।
शनिबार राति भएको खेलमा घरेलु टोली एस्टन भिल्लालाई लिभरपुलले २–१ गोलको संघर्षपूर्ण जित निकालेको हो । अन्तिम समयमा लिभरपुलका लागि एन्डी रोबर्टसन र साडियो मानेले गोल गरे । एस्टन भिल्लाका लागि ट्रेजेक्वेटले गोल गरे ।