चितवन बन्यो च्याम्पियन
(काठमाडौं) वुमन च्याम्पियन्स लिग क्रिकेटको उपाधि चितवन राइनोजले जितेको छ ।
बिहीबार भएको फाइनल भिडन्तमा क्याट क्विन काठमाडौंलाई ४५ रनले हराउँदै चितवन च्याम्पियन बनेको हो । संयोग नै मान्नुपर्छ, उद्घाटन खेलमा काठमाडौंलाई हराएको चितवनले त्यही टिमलाई हराएर उपाधि जितेको छ ।