नेपाल र भारतका प्रधानमन्त्रीदरा उद्घाटन गरिएको पाइपलाइन मिसन पूरा भयो अब मीठो निद्रा लाग्छ प्रदीप यादव भन्छन्
२६ भदौ, अमलेखगञ्ज ९बारा० । नेपाल(भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइनको तामझामपूर्ण ढंगबाट उद्घाटन भइरहँदा नेपाल आयल निगमका प्रदीप यादवको अनुहारमा दुईथरी भाव एकैसाथ प्रकट भइरहेका थियो । उद्घाटन कार्यक्रमलाई सफल बनाउने तनाव एकातर्फ थियो भने अर्कोतिर आफूले महत्वपूर्ण भूमिका खेलेको परियोजनाले साकार रुप लिएको आत्मसन्तुष्टि पनि देखिन्थ्यो । नेपाल र भारतका प्रधानमन्त्रीद्वारा उद्घाटन गरिएको पाइपलाइन आयोजनाका अगुवा हुन् यादव । निगमको प्रादेशिक संरचना अनुसार प्रदेश २ का निर्देशक उनी तीन वर्षअघि अमलेखगञ्ज डिपोमा सरुवा भएर गएका थिए । त्यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निगम कार्यालयमा थिए ।विमानस्थलमा देखाएको कार्यकुशलताका कारण पनि निगमले उनलाई विश्वास गरेर पेट्रोलियम पाइपलाइन परियोजनाको नेतृत्व सुम्पेको थियो ।नतिजा निकाल्न सक्ने अब्बल कर्मचारी भनेर उनी निगमभित्र लोकप्रिय छन् ।
आयोजना निर्माण अवधिमा भारतीय पक्षले राख्ने अनेकखाले सर्तमा आफ्नो उपाय लगाएर समस्या समाधान गर्न यादव सक्षम बनेको निगमका कार्यकारी प्रमुख सुरेन्द्र पौडेल बताउँछन् ।कम बोल्न रुचाउने यादव परियोजनाको सफलतामा आफ्नो जस खोज्न चाहँदैनन् । उनी सबैको समन्वय र र सहकार्यमा यो सफल बनेको बताउँछन् ।‘मैले के बुझेँ भने स(साना समस्यालाई माथि लगेर अल्झाएर समय बर्बाद गर्नुभन्दा स्थानीय पक्षसँग सम्वाद गरेर नै समाधान निकाल्न सकिने रहेछ । यसबाट एकातर्फ समयको बचत हुने भयो, अर्कोतर्फ कामले निरन्तरता पाउने भयो,’ यादव भन्छन् ।नेपाली सेना, नेपाली प्रहरी, स्थानीय प्रशासन सबैको सहयोगबाट आयोजना सम्पन्न भएको उनले बताए । एउटा घटना सम्झँदै भने, ‘एक दिन जितपुर बजारमा पाइप गाड्नुपर्ने काम थियो । पूरै बजार दिनभरि बन्द गर्ने अवस्था भयो । तर, जनताले साथ दिए । हामीले गरेको आग्रह मानेर उहाँहरुले आफ्नो ब्यापार व्यवसाय बन्द गरिदिएर सहयोग गर्नु भयो ।’