प्रहरीकै हिरासतबाट तीन जना थुनुवा फरार, चार जना प्रहरी निलम्बित
कठमान्डौ २४ असार । महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट गएराति तीन थुनुवा फरार भएका छन् । ललितपुर प्रहरी प्रमुख रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानविन अगाडि बढाइएको सन्चार माध्यमलार्य जानकारी दिएका छन ।
प्रहरी प्रमुख धानुकका अनुसार एसपी दुर्गा सिंहको नेतृत्वमा छानविन समिति गठन गरिएको छ भने ड्यूटीमा रहेका चार प्रहरीलाई निलम्बन गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।
प्रहरी प्रभाग भैंसेपाटीको हिरासतको ग्रिल उप्काएर थुनवा भागेका थिए । भाग्नेहरुमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रवि कुमार तिमल्सिना रहेको ललितपुर प्रहरीले कार्यालयले जनाएको छ । उनीहरुको खोजीका लागि सादा पोशाकका प्रहरी परिचालन गरिएको बताएको छ ।